आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमालेले खादा, माला र व्याजको झन्झट नगर्ने

बुधबार, ३१ साउन २०८०, २० : ०५
बुधबार, ३१ साउन २०८०

काठमाडौँ । नेकपा एमालेले अबदेखि पार्टी कार्यक्रममा अतिथिहरुलाई खादा, माला र व्याज लगाउने झन्झट नगर्ने भएको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्तिको सचिवालय बैठकबाट यसबारे निर्णय नै गरेको जानकारी दिएका छन् । 

अध्यक्ष ओलीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘फेसबुक ट्वीटरमा मलाई प्राप्त म्यासेजहरुमा धेरैजना साथीहरुले कार्यक्रमहरुमा धेरैलाई आसन ग्रहण गराएर समय बरबाद गर्नु भएन भन्ने सुझाव दिने गर्नु भएको थियो । हो पनि । तिनै सुझावलाई मध्यनजर गरेर हाम्रो पार्टीले अस्तिको सचिवालय बैठकबाट यस सम्बन्धी निर्णय गरेको छ ।’ 

साथै उनले अनुहारै छोपिने गरी खादा–माला र कोट भन्दा ठूला व्याज लगाउने प्रचलन पनि बन्द गर्नु पर्ने बताएका छन् ।

 ‘कार्यक्रमहरुमा औपचारिकताका लागि धेरैलाई आसन ग्रहण गराउने र खादा–मालाले पुर्ने भद्दा चलनहरु हटाएर समयलाई काममा लगाउने विषयमा तपाईंहरुका अरु के सुझावहरु छन् ?’, उनले सुझाव समेत मागेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप