आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ओलीले भने–उच्चस्तरीय आयोग नबनाएर सरकारले एक क्विन्टल सुन ६० किलोमा झार्‍यो

बुधबार, ३१ साउन २०८०, २० : २४
बुधबार, ३१ साउन २०८०

काठमाडौँ । नेकपा अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन गर्ने आयोग बनाउन नदिएर सरकारले एक क्विन्टल सुन ६० किलोमा झार्ने काम गरेको बताएका छन् । 

नेकपा एमाले उद्योग वाणिज्य तथा आपूर्ति विभागले बुधवार आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था समस्या र समाधान विषयक कार्यक्रम’मा अध्यक्ष ओलीले आयोग बन्न नदिएर सरकारले सुन तस्करी प्रकरणमा अहिलेसम्म गरेको सफलता सयबाट ६१ किलोमा झार्नु रहेको बताएका हुन् । 

उनले उच्चस्तरीय निष्पक्ष आयोग बन्न नदिँदा पक्राउ परेको सुन घट्दै गइरहेको बताए । सरकारले अरु अनेक आइटममा समेत चोरी पैठारी गरिरहेको बताए । 

अध्यक्ष ओलीले ३३ किलो सुन आउँदासमेत त्यसको लगानी कर्ताको खोजी हुन नसकेको बताए । उनले निष्पक्ष आयोग नबनाएर सरकारले सुन तस्कर गरिरहेको बताए । उनले आफूसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानका लागि ६० दिन मागेको र आफूले ६० दिनसम्म सबै मिलाइसक्नुहुन्छ ? भन्ने प्रश्न गरेको बताए । उनले प्रधानमन्त्रीले सुन तस्करी लुकाउनका लागि ६० दिनको समय माग गरेको आरोप लगाए ।

अध्यक्ष ओलीले उद्योगीहरु बैंकका आसामी मात्रै नभएकाले बैंकहरु साहुजीजस्तो नभई उद्योगीको सहयोगी हुनुपर्ने बताए । 

उनले नेपालका बैंकहरुले आफूलाई सुधार गर्नुपर्ने अवस्था देखिएको बताए । उनले बैंक र उद्योगीहरुबीच साहु र ऋणीजस्तो सम्बन्ध हुन नहुने बताए । उनले उद्योग समस्यामा परेको खण्डमा बैंकले थप ऋण दिएर माथि उठाउन सहयोग गर्नुपर्ने बताए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप