आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
ट्राफिक जनसचेतना

लुम्बिनी प्रदेशमा पछिल्लो तीन वर्षमा सवारी दुर्घटनामा १५ सयको मृत्यु

बिहीबार, ३२ साउन २०८०, ०६ : २३
बिहीबार, ३२ साउन २०८०

बुटवल । लुम्बिनी प्रदेशमा पछिल्लो वर्षमा सवारी दुर्घटना परी एक हजार ५३६ जनाको मृत्यु भएको छ भने ३ हजार ५जना गम्भीर घाइते भएका छन् । प्रदेशमा रहेका १२ वटा जिल्लामा तीन हजार २६७ सवारी दुर्घटना भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
 
आर्थिक वर्ष ०७७/७८मा १२११ सवारी दुर्घटनामा परी ५२३ जनाको मृत्यु भएको छ । सोही वर्ष १०८३ गम्भीर घाइते भएका थिए भने साधारण घाइते ७४० जना भएको प्रहरीको तथ्याङ्क छ ।

त्यस्तै, आर्थिक वर्ष ०७८/७९ मा ११६४ सवारी दुर्घटना भएका थिए, त्यसमा ५५१ जनाको मृत्यु जनाको मृत्यु भएको थियो । ११२३ जना गम्भीर घाइते भएकोमा साधारण  घाइते ५९७ जना थिए । 

पछिल्लो आर्थिक वर्ष ०७९/८० मा दुई आर्थिक वर्षको भन्दा सवारी दुर्घटनाको संख्या घटेको देखिन्छ । उक्त आर्थिक वर्षमा ८९२ सवारी दुर्घटना हुँदा ४६२ जनाको मृत्यु भएको छ । घटनामा ७९९ जना गम्भीर घाइते र ४७७ जना सामान्य घाइते भएका छन् ।

7

पछिल्ला वर्ष सवारी दुर्घटना घट्नुमा विभिन्न कारणमध्ये प्रहरीको सचेतना र कारवाही पनि एक रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रवक्ता डीएसपी होम थापाले बताए । 

उनले भने, ‘हामीले पछिल्लो समय दैनिक ट्राफिक जनसचेतना कार्यक्रम चलाएका छौ, लापरवाही गर्नेलाई कारबाही पनि गरेका छौं ।’

कति राजस्व ?
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा पछिल्ला तीन वर्षमा ट्राफिक नियम विपरीत सवारी चलाउनेलाई कारवाही गरी ४३ करोड २१ हजार राजस्व सङ्कलन गरेको छ । 

आर्थिक वर्ष ०७७/७८ मा दश करोड ६१ लाख ८ हजार ५ सय रुपैयाँ राजस्व  सङ्कलन गरेको छ । त्यस्तै, आर्थिक वर्ष ०७८/७९ मादुई लाख ८४ हजार ८ सय ९९ सवारी कारबाही गर्दा २०करोड ८९लाख ५ हजार राजस्व सङ्कलन गरेको छ ।
 
पछिल्लो आर्थिक वर्षमा २लाख ९६ हजार ३ सय ४५ सवारी कारवाही गर्दा २१ करोड ७१ लाख ७४ हजार पाँच सय सङ्कलन गरेको प्रहरी कार्यालयले जनाएको छ ।

traffic
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप