आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कृषि समितिमा आरजु राणाकाे प्रश्न : लम्पी स्किन रोग मान्छेमा पनि सर्छ कि क्या हो ?

बिहीबार, ३२ साउन २०८०, १४ : २१
बिहीबार, ३२ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले पशु चौपायमा संक्रमण बढिरहेको लम्पी स्किन रोग मानिसमा सर्ने जोखिम बढेको बताएकी छन् ।  बिहिबार प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले धेरै रोगहरू पशुबाट मानिसमा पनि सर्ने भएकोले लम्पी स्किनबाट मानिसमा पनि जोखिम बढेकोले यसबारे अध्ययन हुनुपर्ने बताइन् । 

उनले भनिन– ‘यो त झिंगाबाट, लामखुट्टेबाट पनि सर्ने रहेछ । डर त मलाई के लाग्यो भने यो त मान्छेमा पनि सर्छ कि क्या हो ?  किनभने धेरै रोगहरू वातावरण परिवर्तनका कारण मान्छेमा पनि सर्ने गरेको छ । यसबारेमा अनुसन्धान हुन जरूरी छ ।’

मन्त्रीले तथ्याङ्क दिएपछि यो रोग संक्रमणको अवस्था भयावह पाइएको बताउँदै उनले आफूले तराईमा संक्रमण धेरै होला भन्ने सोचे पनि पहाडी क्षेत्र र सुदूरपश्चिममा धेरै रहेको पाइएको बताइन् ।

राणाले जलवायु परिवर्तनका कारण अरू रोग पनि आउन सक्छन् भनेर अनुसन्धान गर्न सरकारको कार्यक्रम छ कि छैन भनेर प्रश्न समेत गरिन ।  सांसद राणाले पशु उपचारका लागि पशु स्वास्थ्य केन्द्र स्थापना गर्न सरकारलाई सुझाव पनि दिएकी छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप