आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लगातार तेस्रो दिन घटेपछि बढ्यो नेप्से

बिहीबार, ३२ साउन २०८०, १५ : २९
बिहीबार, ३२ साउन २०८०

काठमाडौँ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८ अंकले बढेर बन्द भएको छ । साताको अन्तिम कारोबार दिन ०.३९ अंकले बढेसँगै परिसूचक २०३३ अंकमा पुगेर रोकिएको हो ।

परिसूचक ८ अंकले बढेको दिन आज १३५ वटा कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, ७८ वटा कम्पनीको मूल्य भने घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर कायम छ । यस क्रममा आज १ अर्ब ५४ करोड रुपैयाँ बराबरको ४० लाख कित्ता सेयर किनबेच भएको छ ।

हिजो बुधवार नेप्से परिसूचक २० अंकले घटेर बन्द भएको थियो । त्यसक्रममा १ अर्ब ६७ अर्ब रुपैयाँको कारोबार भएको थियो । जुन, आज बिहीबारको तुलनामा धेरै हो । परिसूचक एकल अंकले बढेपनि आज २ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेको छ ।

सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ को सेयर मूल्य १० प्रतिशतले बढ्दा लिबर्टी इनर्जी कम्पनीको सेयर मूल्य ९.७४ प्रतिशतले बढेको छ । यस्तै, आज लक्ष्मी इक्वीटी फण्डको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।

नेप्से परिसूचक ८ अंकले बढ्दा आज म्यूचुअल फण्ड समूहको सूचकमा भने गिरावट आएको छ । यसबाहेक अन्य १२ वटै समूहको सूचक बढेको छ । होटल र टुरिजम समूहको सूचक ११२ अंकले बढेको छ जीवन बीमा समूहको सूचक ९० अंक बढेको छ । यस्तै, व्यापार समूहको सूचक ७१ अंकले बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप