आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उत्तराखण्डमा घर भत्किँदा दुई नेपालीको मृत्यु

बिहीबार, ३२ साउन २०८०, १६ : १८
बिहीबार, ३२ साउन २०८०

काठमाडौँ । भारतको उत्तराखण्डको चामोली जिल्लाको हेलाङमा घर भत्किँदा दुई नेपाली नागरिकको मृत्यु भएको छ । घटनामा अन्य पाँच जना घाइते भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार राति करिब ८ बजे दुई तले घर भत्किँदा घरमा सात जना बासिरहेका थिए । घटना लगत्तै उद्धारको काम सुरु गरिएको थियो ।

उनीहरू मध्ये एक जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने एक जनाको बुधबार बिहान उपचारको क्रममा मृत्यु भएको द ट्रिब्युन इन्डियाले जानकारी दिएको छ । 

उद्धार गरिएका अन्य पाँच जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । 

क्रसर उद्योग नजिक बनाइएको उक्त घरमा त्यहाँको कामदार बस्ने गरेका थिए । मृतकको नाम १९ वर्षीय अनमोल र २१ वर्षीय प्रिन्स भनेर मात्र खुलाइएको छ । यो वर्षको सुरुवातमा भारी वर्षा र पहिरोका कारण सो क्षेत्रका घरहरूमा क्षति पुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप