सशस्त्र प्रहरीका १२ जना उपरीक्षकलाई वरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस
बिहीबार, ३२ साउन २०८०, १८ : ३०
काठमाडौँ । सशस्त्र प्रहरीका १२ जना उपरीक्षकहरूलाई वरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ ।
बिहीबार बसेको बढुवा समितिले रिक्त रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा १२ जना उपरीक्षकहरुको बढुवा गरेको हो ।
बढुवा सूचीको पहिलो नम्बरमा राजेश उप्रेती रहेका छन् । यस्तै बढुवा सूचीकाे अन्तिममा तेज प्रसाद पोखरेलको नाम रहेको छ ।
बढुवा सिफारिसमा चित्त नबुझ्ने उपरीक्षकहरुले सात दिनभित्र उजुरी दिन सक्ने सशस्त्र प्रहरीले जनाएको छ ।