काठमाडौँ महानगरको बैठकमा विवाद, लाइभ प्रसारण काटियो
बिहीबार, ३२ साउन २०८०, १९ : ४०
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगरसभाको बैठकमा विवाद भएको छ । बिहीबार बसेको नगरसभाको बैठकमा विवाद भएको हो ।
नगरसभामा बजेट र कर्मचारी सरुवाको विषयमा विवाद भएको बैठकमा सहभागी एक प्रतिनिधिले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार महानगरको नगरसभाले पास गरेको बजेट काटिएको विषयमा वडा नम्बर ७ र ८ का वडा अध्यक्षले विरोध जनाएका थिए ।
वडा अध्यक्षहरुले विरोध जनाएपछि नगरसभाको प्रत्यक्ष प्रसारण समेत काटिएको ती प्रतिनिधिले बताएका छन् । उनका अनुसार बैठकमा टेबल ठोकाठोक समेत भएको थियो ।