नक्कली भुटानी शरणार्थी प्रकरण
टेकनारायण पाण्डेलगायत १० जनाको मुद्दा एकैसाथ राखेर हेर्न उच्च अदालतको आदेश
बिहीबार, ३२ साउन २०८०, २१ : ५१
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरूद्धका मुद्दा एकैसाथ राखेर हेर्न उच्च अदालत पाटनले आदेश दिएको छ। नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे लगायत १० जनाको मुद्दा एकैसाथ राखेर हेर्न उच्च अदालत पाटनले बिहीबार आदेश दिएको हो ।
टेकनारायण पाण्डेसहित नरेन्द्र केसी, सानु भण्डारी, आङटावा शेर्पा, इन्द्रजित राई, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शमशेर मिया र गोविन्द चौधरी थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटन पुगेका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पाण्डे लगायतको निवेदनमाथिकाे सुनुवाइ बिहीबारै सकिएको थियो ।