आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज : ‘जुलेबी’ भर्सेज ‘हिँड्दा हिँड्दै’

शुक्रबार, ०१ भदौ २०८०, ११ : ०३
शुक्रबार, ०१ भदौ २०८०

काठमाडौँ । पछिल्लो समय नेपाली फिल्मको व्यवसायमा मन्दी आएको चलचित्रकर्मीहरु बताउँछन् । तैपनि फिल्म रिलिज हुन भने छाडेको छैन । 

यस्तैमा आज शुक्रबारदेखि दुई नयाँ फिल्म ‘जुलेबी’ र ‘हिँड्दा हिड्दै’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत यी दुवै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो । ‘जुलेबी’ गणेशदेव पाण्डेले निर्देशन गरेको फिल्म हो भने ‘हिँड्दा हिँड्दै’को निर्देशन मिलन आले मगर हुन् ।

‘जुलेबी’ 

‘जुलेबी’ यौनकर्मीको विषयमा निर्माण भएको फिल्म हो । सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको अभिनय रहेको फिल्म एन्थोलोजी जनरामा निर्माण भएको हो । फोरक्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा विवेक खड्काको छायाङ्कन र अन्जय खड्काको सम्पादन रहेको फिल्मका निर्माता आभा शर्मा नेपाल हुन् । 

‘हिँड्दा हिँड्दै’ 

सलोन बस्नेत, सानिया खान, विकास थापा मगर, विमल श्रेष्ठ, बाल कलाकार अर्विन थिङ्ग लगायतको अभिनय रहेको फिलम हो । नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको फिल्ममा सुशील पंगेनीको लेखन तथा निर्माण छ । विमल श्रेष्ठ प्रस्तुतिकर्ता रहेको फिल्ममा राज लामा निर्मातामा छन् भने प्रमोद कुमार तामाङ र महादेश शाह सह–निर्मातामा छन् ।

आरआर फिल्मस्ले देशभर वितरण गर्न लागेको फिल्ममा सुमन कुमार तण्डुकारको छायाङ्कन, गौतमराज खड्काको सम्पादन, देव महर्जनको द्वन्द्व, तारा प्रकाश लिम्बू र किरण माइकल घिमिरेको संगीत तथा कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप