आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेस पूर्व केन्द्रीय सदस्य न्यौपानेको निधन, तीन दिन पार्टीको झण्डा आधा झुकाइने

शुक्रबार, ०१ भदौ २०८०, १५ : २८
शुक्रबार, ०१ भदौ २०८०

काठमाडौँ । नेपाली कांग्रेस पूर्व केन्द्रीय सदस्य तथा वरिष्ठ अधिवक्ता हरिप्रसाद न्यौपानेको निधन भएको छ । ७२ वर्षको उमेरमा शुक्रबार बिहान ७ बजे काठमाडौँको मध्यवानेश्वरस्थित आफ्नै निवासमा न्यौपानेको निधन भएको हो । 

न्यौपानेले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ । उनको निधनबाट कांग्रेसले एक अनुभवी नेतृत्वलाई गुमाएको  र अपूरणीय क्षति भएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

न्यौपानेप्रति सम्मानमा कांग्रेसले शोक कार्यक्रम राखेको छ । कांग्रेसले भदौ १, २ र ३ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने छ ।

भदौ ३ गते आइतबारका दिन केन्द्र तथा जिल्ला कार्यालयहरु बन्द हुने छ भने १३ दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राखिने छ ।

न्यौपानेको निधन भएको १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना कांग्रेसले भनेको छ । उनको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । कांग्रेस र नेपालको लोकतान्त्रिक आन्दोलनमा न्यौपानेले पुर्‍याउनु भएको सक्रिय योगदान सदा स्मरणीय रहिरहने देउवाको भनाइ छ ।

उनको निधनबाट नेपाली कांग्रेसले एक अनुभवी नेतृत्वलाई गुमाएको छ । उनको श्रीमती र दुई छोरा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप