आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेश ‘बजेट होलिडे’मा जाने अवस्थामा पुग्यो : कार्की

शुक्रबार, ०१ भदौ २०८०, १५ : ५६
शुक्रबार, ०१ भदौ २०८०

विराटनगर । नेपाली काँग्रेसका कोशी प्रदेशसभा सांसद केदार कार्कीले प्रदेशका दलहरू जिम्मेवार नबन्दा बजेट होलिडे हुने अवस्थामा पुगेको बताएका छन् । 

उनले प्रदेशसभाको विशेष समय लिएर कुरा गर्दै प्रदेशमा बाढी पहिरो, लम्पीस्किन रोग र डेंगुले सर्वसाधारण पीडित भइरहँदा ‘यो कुर्सीबाट त्यो कुर्सी, यतापट्टिबाट उतापट्टि कहिले जान भनेर आफूहरू लागिरहेको बताए । 

‘सरकारलाई जिम्मेवार बनाउने संसद् नबसेपछि सरकार छाडा भयो । अहिले पनि प्रदेश बजेट होलिडेमा जाने अवस्थामा पुगिसकेका छौँ । हामी जिम्मेवार नभए बजेट होलिडे हुँदैन । अब हामी जनताप्रति जिम्मेवार हुने कि नहुने ? प्रदेशमा संसद् बनाएपछि हामीले सार्वभौम अधिकार प्रयोग गर्न पाउने कि नपाउने ?,’ उनले भने, ‘संसदभित्र निकास खोज्ने अवस्थाको सिर्जना गर्न सकिरहेका छैनौँ । सात वटा प्रदेशमध्ये बौद्धिक र सक्षम प्रदेश भनेर छाती फुलाएर बोल्यौँ । तर, यही हामी दरिद्रतामा छौँ । त्यसको निकास खोज्न जरुरी छ । यहाँको समस्या यही समाधान गर्ने अवस्था सिर्जना बनाऔँ ।’

उनले सदनलाई निरन्तरता दिनका लागि सभामुखको तर्फबाट वातावरण बनाउन आग्रह गर्दै संसदको गरिमा बचाउन र प्रदेशसभा आफ्नै हिसाबले चल्छ भने सन्देश दिन दलका नेताहरूलाई आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप