आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ लाख ७२ हजारले बढ्यो, २ खर्ब ३३ अर्बको कारोबार

शुक्रबार, ०१ भदौ २०८०, १६ : ५८
शुक्रबार, ०१ भदौ २०८०

काठमाडौँ । पछिल्लो समय डिजिटल बैंकिङको प्रयोग बढ्दो छ । नेपाल राष्ट्र बैंकका अनुसार गत वर्ष मात्र मोबाइल बैंकिङ  प्रयोगकर्ताहरूको संख्या २ लाख ७० हजारले वृद्धि भएको हो । 

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म १ करोड ८३ लाख ७ हजार २५५ रहेको मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म आइपुग्दा २ करोड १३ लाख ६३ हजार ९९८ पुगेको हो । 

मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्यामा वृद्धि भएसँगै यता कारोबारमा समेत वृद्धि भएको छ । 

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा मोबाइल बैंकिङ कारोबार ४३ प्रतिशतले बढेर २ खर्ब ३३ अर्ब ४४ करोड ६० लाख रुपैयाँ बराबरको भुक्तानी भएको बैंकले जनाएको छ । 

यसैगरी इन्टरनेट बैंकिङमार्फत १५ अर्ब ५० करोड २० लाख रुपैयाँ, एटीएममार्फत डेबिट/क्रेडिट कार्डमार्फत क्रमशः ९० अर्ब ५४ करोड १० लाख र १ अर्ब ८३ करोड रुपैयाँ कारोबार भएको छ । 

यस अवधिमा रियल टाइम गेट सेटलमेन्ट (आरटीजीएस) को माध्यममार्फत सबैभन्दा बढी २९ खर्ब ८३ अर्ब ९३ करोड रुपैयाँ बराबरको कारोबार भएको केन्द्रीय बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप