आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

घाँस काट्न रुखमा चढेकी महिलाको लडेर मृत्यु

शुक्रबार, ०१ भदौ २०८०, १९ : २४
शुक्रबार, ०१ भदौ २०८०

उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– १३ भातीखर्क घर भई वडा नं ११ पिजी चोक बस्ने एक ३५ वर्षीय महिलाको स्थानीय जङ्गलमा स्याउला काट्न रुखमा चढ्दा लडेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार बेलुकी ६ बजेतिर भातीखर्कबाट नजिकैको जङ्गलमा खसी, बाख्रालाई स्याउला काट्न गएकी ३५ वर्षीय अनिता खड्का हाडेको रुखमा चढेर स्याउला काट्न लाग्दा हाँगा भाँचिएर भुइँमा खसी सख्त घाइते भएकी थिइन् । 

तत्काल स्थानीयवासीले घाइते खड्कालाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याएपछि चिकित्सकले मृत घोषणा गरेको थियो । 

अहिले खड्काको शवलाई जिल्ला अस्पतालमा नै शव परीक्षण गर्ने तयारी भइरहेको सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप