प्रधान सेनापतिद्वारा श्रेष्ठलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान
शुक्रबार, ०१ भदौ २०८०, १९ : ५५
काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले सहायक रथी गणेश कुमार श्रेष्ठलाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
शुक्रबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बीच शर्माले उनलाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
दर्ज्यानीसँगै निमित्त कार्यरथीको रुपमा कार्यरत उनलाई कार्यरथीमा नियुक्त गरिएको सेनाले जनाएको छ ।
उनी श्रावण ३० गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका थिए ।