आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संसद्लाई बन्धक बनाउन मिल्दैन : रवि लामिछाने

शुक्रबार, ०१ भदौ २०८०, २० : ३५
शुक्रबार, ०१ भदौ २०८०

झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्लाई बन्धक बनाउन नमिल्ने बताएका छन् । झापाको बिर्तामोडमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै उनले राजनीतिक खिचातानीका कारण सांसद अवरुद्ध गर्न नहुने बताए । 

“जनताका धेरै कुरा उठाउनुछ”, उनले भने, “चाँडोभन्दा चाँडो सदन खुलाउनुस् । सुन तस्करी प्रकरणको अनुसन्धानमा उच्चस्तरीय छानबिन आयोगको माग राखेर एमालेले लगातार संसद् अवरुद्ध गरिरहेको छ । अवरोधकै कारण सभामुख देवराज घिमिरेले साउन १० मा अघि सारेको कार्यसूचीमा संसद् प्रवेश गर्नै पाएको छैन ।”

पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका सभापति  लामिछानेले पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन हुने क्रम बढेको र देशमा बसेर केही गर्न सकिन्छ भन्ने विश्वास नै  युवामा हराएर गएको टिप्पणी गरे । 

सभामा पार्टीका केन्द्रीय महामन्त्री डा मुकुल ढकाल, संघीय संसद्का प्रमुख सचेतक सन्तोष परियार, सांसद निशा डाँगी, केन्द्रीय सदस्य रमेश प्रसाईँलगायतका केन्द्रीय नेताहरुले सम्बोधन गरेका थिए । 

सभापति लामिछानेले झापामा दुई दिनमा आठ वटा सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेकोछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप