आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमालेद्वारा समस्या समाधान कार्यदल गठन

शुक्रबार, ०१ भदौ २०८०, २० : ५१
शुक्रबार, ०१ भदौ २०८०

काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय युवा संघ, नेपालको कञ्चनपुरको जिल्ला अधिवेशनमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न समिति बनाएको छ । एमालेले सो घटनालाई अवाञ्छित भन्दै यस्तो गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एमालेको सचिवालय बैठकले ती अवाञ्छित क्रियाकलाप र अन्तर्विरोधको सन्दर्भमा सत्यतथ्य बुझेर समस्या समाधान गर्नका लागि ‘समस्या समाधान कार्यदल गठन’ गरेको पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशनमा उल्लेख छ । 

कार्यदलको संयोजक उपाध्यक्ष युवराज ज्ञवाली रहेका छन् भने सदस्यमा स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र पोलिटब्युरो सदस्य ज्वाला साह रहेका छन् ।  कार्यदलले अधिवेशनमा उत्पन्न विवाद र कुटपिटका घटनाका सन्दर्भ छानविन गरी आवश्यक निर्णय लिने छ । कार्यदलले आफ्नो काम तत्काल सुरु गर्ने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप