आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नक्कली प्रमाणपत्र बनाएर अध्ययन गरेको आरोपमा चितवनबाट एक विद्यार्थी पक्राउ

शुक्रबार, ०१ भदौ २०८०, २२ : ०९
शुक्रबार, ०१ भदौ २०८०

चितवन । चितवनबाट एमबीबीएस अध्ययनरत एक जना विद्यार्थी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले उनलाई  बिहीबार राति पक्राउ गरेको हो । 

चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेष्टरमा अध्ययनरत सप्तरीको राजविराज–७ का नसिम अख्तरलाई नक्कली प्रमाणपत्र बनाएर अध्ययन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

उनीमाथि आइएससी उत्तीर्ण भएको सर्टिफिकेट नक्कली बनाएको आरोप छ । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले राति पक्राउ गरिएका उनलाई काठमाडौँ लगिँदै गरेको जानकारी दिए ।  

अख्तर विसं २०७२ सालमा एमबिबिएस भर्ना भएका थिए । यसअघि सीआइबीको टोलीले नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अध्ययन गरेको आरोपमा ६ जनालाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप