आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कलाकार

‘अर्पण थापाजस्तै कलाकार बन्ने लोभ जाग्यो’

‘जय हो’ मेरो करियरको टर्निङ प्वाइन्टः सलोन बस्नेत
शनिबार, ०२ भदौ २०८०, १२ : ००
शनिबार, ०२ भदौ २०८०

काठमाडौँ । भनिन्छ, एउटा फोटोले हजार शब्द व्यक्त गर्छ । तर, एउटा व्यावसायिक फोटोग्राफर पनि सधैँ पर्दा पछाडि देखिन्छ । बरु रिपोर्टरले लेखेको समाचारका कारण रिपोर्टर हिट हुन्छ तर त्यो सँगै छापिएको फोटोग्राफरको चर्चा गुमनाम झैँ हुन्छ । यस्तोमा एउटा अभिनेता फोटोग्राफरको रूपमा कस्तो देखिने रहेछ ? यसको जवाफ दिनलाई तम्तयार छ, फिल्म ‘जय हो’ ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको ‘जय हो’का मुख्य अभिनेता हुन् सलोन बस्नेत । फिल्ममा सलोन नै फोटोग्राफरको भूमिकामा छन् । 

बालकलाकारको रूपमा अभिनय सुरु गरेका सलोनले फिल्ममा अहिलेसम्म धेरै थरी भूमिका निर्वाह गरिसकेका छन् । तर, फोटोग्राफरको रूपमा देखिन लागेको यो पहिलो पटक हो । 

फिल्मका लागि उनले ९÷१० महिना घरमै बसेर शरीर सुगठित बनाए । लामो कपाल पाले । बाहिरका अन्य फिल्म गरेनन् । बरु, फोटोग्राफीको बेसिक कोर्ष सिके । यसरी फिल्मका लागि हरेक पक्षमा आफूलाई फिट देखाउन मिहिनेत गरेको सलोनले बताए । भने, ‘मिहिनेतअनुसार फिल्मबाट अपेक्षा धेरै गरेको छु ।’

‘फिल्मकै लागि भएपनि फोटोग्राफीको सिकेँ । अव क्यामरा समातेर अलमलमा पर्ने, अटो फोकसमा चलाउनु पर्दैन’, सलोनले भने, ‘जय हो’ मा मेरो फोटोग्राफरको भूमिका भएपनि फिल्म भने ट्राभल्स जर्नीको विषयमा छ ।’ 

फिल्ममा गेटअप र लुक्स मात्र होइन, आफ्नो अभिनय समेत दर्शकले फरक पाउने सलोनले सुनाए ।

सलोनलाई फिल्मको लागि नयाँ गेटअप र लुक्सका लागि सुझाव उनका बुबा शोभितले दिएका हुन् । फोटोग्राफी अभिनयका लागि उनले धेरै रिसर्च समेत गर्नु परेन । किनभने त्यो समय उनले भर्खर विवाह गरेका थिए । विवाहमा केही फोटोग्राफरले केही दिन उनीसँगे बिताएका थिए । 

अर्को कुरो फिल्म अभिनयको सिलसिलामा पनि उनले फोटोग्राफर भेटिरहेका हुन्थे । फिल्मका लागि आफूले केही वरिष्ठ फोटोग्राफरसँग अन्तरक्रियासमेत गरेको उनले खुलाए ।

362925048_6458937860820979_2611373741384352357_n

फिल्मका लागि एक्साइटेड 

यतिबेला सलोन ‘जय हो’को प्रचारमा निकै दौडधुपमा छन् । यो समय उनलाई केही फिल्मको अफर पनि आइरहेको छ । तर, अहिलेको पुरै समय ‘जय हो’ को लागि दिन उनले अन्य प्रोजेक्ट लिएका छैनन् ।

फिल्म प्रचारकै लागि उनी केही दिन अगाडि अष्ट्रेलियासमेत पुगेका थिए । त्यहाँ फिल्मको प्रचारको अलावा रिलिजको व्यवस्था पनि मिलाएर फर्किए । 

अस्ट्रेलियाका दर्शक पनि फिल्मका लागि एक्साइटेट रहेको उनले पाएका छन् । त्यहाँ पनि बक्सअफिसमै फिल्म रिलिज हुँदैछ । फिल्मको गीतसंगीत, टिजर र ट्रेलरसमेत दर्शकले रुचाएका छन् । फिल्मको चौतर्फी पोजेटिभ रेस्पन्सबाट दंग छन् उनी ।

सलोनले यसअघि केही फिल्ममा हिरोको रूपमा देखिइसकेका छन् । ‘अहिले म ३० वर्ष पुगे । हिरो हुने समय यही हो,’ उनले भने, ‘‘जय हो’ मेरो करियरको टर्निङ प्वाइन्ट हुनेछ ।’

78497983_2607730325941771_7937743842462138368_n

‘जय हो’को मुख्य अभिनेता सलोन भएकाले फिल्म सफलता र असफलताको जस समेत उनलाई नै जान्छ । यो कारणले पनि फिल्मबाट एक प्रकारको प्रेसर फिल गरेका छन् उनले ।

‘दर्शकले जहिले पनि मलाई सोलो हिरोको रूपमा हेर्न मन लाग्यो भनेर हैरान पार्नुभयो । त्यही कुरोको सम्बोधन यो फिल्ममा गरे ।’ सलोनले अगाडि थपे, ‘फिल्म रिलिज अगाडि दर्शकको पोजेटिभ रेस्पोन्स मिलेको छ । रिलिजमा दर्शकले साथ दिनुहुन्छ भन्ने विश्वास छ ।’ 

टिम, कथाबस्तु राम्रो भएकोले फिल्म पनि सफल हुनेमा सलोन आशावादी छन् । फिल्मले भोलिको दिनमा आफ्नो यात्रा र बाटोसमेत तय गर्ने अपेक्षाले गरेका छन् ।

कहिल्यै नपुग्ने अभिनयको रहर 

बालकलाकारबाट करियर सुरु गरेका सलोनले अभिनयको दौरानमा थुप्रै चरित्र निर्वाह गरिसकेका छन् । तर पनि अहिलेसम्म उनको अभिनयको प्यास मेटिएको छैन  । उनी स्वदेशीसँगै विदेशी फिल्मसमेत धेरै हेर्छन् । त्यसैले पनि उनलाई नयाँ नयाँ चरित्र निर्वाहको भोग जाग्ने गरेको हो । 

‘कलाकारलाई अभिनयको रहर कहिल्यै पुग्दैन रहेछ । एकपछि अर्को चाहना जाग्दो रहेछ । मैले पनि अझै धेरै भूमिका निर्वाह गर्न बाँकी छ,’ सलोनले सुनाए, ‘तत्कालै गीतसंगीतको कथामा फिल्म गर्न मन लागेको छ ।’ 

सानैदेखि गीत गाउन रुचाउने उनी भन्छन्, ‘रक म्युजिक, ब्याण्डसँग सम्बधित फिल्म भयो भने खतरा अभिनय गर्छु जस्तो लाग्छ ।’

फिल्मको हिरो राम्रो कलाकार नहुन पनि सक्छ । तर राम्रो कलाकार हिरो हुन केही गाह्रो छैन । त्यसैले, हिरोको रूपमा भन्दा पनि कलाकारको रूपमा आफूलाई खुसी मिल्ने सलोन बताउँछन् ।

90596737_2842526859128782_2627783097613025280_n

सलोन कलाकार भएकोमा आफूलाई भाग्यमानी पनि ठान्छन् । किनभने अभिनयको सिलसिलामा अहिलेसम्म उनी सुदूरपश्चिमका केही जिल्लाबाहेक करिब करिब पुरै नेपाल घुमिसकेका छन् । 

उनका प्रायः साथीहरु ट्राभलप्रेमी छन् । रियल जीवनमा पनि यात्रा रुचाउने उनी अभिनयबाट फुर्सद मिल्यो कि साथीहरूसँग घुम्न निस्कन्छन् ।

फिल्मको टिमसँग भन्दा साथीहरूसँग घुम्दा बेग्लै आनन्द मिल्ने उनको अनुभव छ । सुटिङ भएको समय साथीभाइ आफूलाई छोडेर घुम्न गएको थाहा पाए उनलाई आरिस हुन्छ  । 

प्रायः दसैँ र तिहारको बीचको समय उनी वर्षौँदेखि साथीहरूसँग बाहिर घुम्दै आएका छन् । यो समय फिल्मको काम त्यति नहुने भएकोले पनि आफूले ट्राभलका लागि छुट्याएको उनले बताए ।

‘जय हो’ स्कुलिङ  

सलोनले अहिलेसम्म थुप्रै कलाकारसँग काम गरिसकेका छन् । ‘जय हो’मा पनि केकी अधिकारी, अर्पण थापा, माओत्से गुरुङ, निशा अधिकारी लगायतका थुप्रै सिनियर कलाकारसँग उनको अभिनय छ । सिनियर कलाकार सँगको अभिनय आफ्नो लागि स्कुलिङ भएको उनले बताए ।

‘जय हो’ सुटिङमा धेरै सिक्न र कलाकारिता अझै नजिकबाट बुझ्न मौका मिलेको उनले खुलाए । भने, ‘म सबैभन्दा इप्रेस अर्पण थापाबाट भएँ । मलाई अर्पणजस्तै कलाकार बन्ने लोभ जाग्यो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप