आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
व्यंग्य कविता

फेरि मलाई जन्मै नदे

शनिबार, ०२ भदौ २०८०, १२ : २३
शनिबार, ०२ भदौ २०८०

बाउनका घरमा
मात्र मेरो बास हुने भए
हे ईश्वर दाया राखी
फेरि मलाई जन्मै नदे

न वारा, न मःम
न छोईला, न कचिला
न मुस्या, न चटामरी
न सेकुवा, न पचक्वाँ
न समयबजी, न अयला
खाली मोही र मकै
खानुपर्ने भए
हे ईश्वर दाया राखी
फेरि मलाई जन्मै नदे

न घोंघी, न ढिकरी
न बढिया, न शाकिने
न सिद्रा, न झिंगिया
न पकवा, न भक्का
न खँरिया, न महुवा
सधै घिरौंलाको तिहुनमा
चोख्यान हालेर खानुपर्ने भए
हे ईश्वर दाया राखी
फेरि मलाई जन्मै नदे

न कन्चम्पा, न सुकुटी
न झानेको, न साँदेको
न स्वादिलो, न तिख्खर
न ट्वाक्क, न मुखै रसाउने
न सितन, न च्वास्स
आचमान गरेर सुरुप सुरुप
झोलैसंग मात्र खानुपर्ने भए
बाउनका घरमा भुलेर पनि
फेरि मलाई जन्मै नदे

कहिले एकादशी
त कहिले औंसी पूर्णे
रोजै अनेक मिति र तिथी
कहिले घोर ग्रहण
सधै हविषे र सराद्धे
बाउनका घरमा
मात्र मेरो  बास हुने भए
हे ईश्वर दया राखी
फेरि मलाई जन्मै नदे ।।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रह्लाद ढकाल
प्रह्लाद ढकाल
लेखकबाट थप