आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जिन्दगीलाई अमृत पिलाउ

शनिबार, ०२ भदौ २०८०, १२ : ३३
शनिबार, ०२ भदौ २०८०

तिमी बाँच्छौ
बाँचिरहेका छौ
मन मगन भै
तन लहर भै
म कोट्याउँछु तिमीलाई
म बोलाउँछु केही भन्नलाई
तर, तिमीलाई फुर्सद छैन
अझ भनु 
तिमीलाई मन नै छैन
मसंग बोल्न
आमा बिमार छिन्
बाबा बूढा छन्
तर, तिमी पागलझैँ
घोप्टी रहन्छौ
दुइ औंलाको खेलमा
दिनहरु बिताइरहन्छौ
हो,
खेल्नु स्वास्थ्यको लागि राम्रो हो
खेल्नु पर्छ, खेल
तर, आफैलाई बिर्सेर होइन
आफैलाई मासेर होइन
खै बुझेको तिमीले ?
नयाँ युगको थालनी छ
तिम्रो हातमा
नयाँ युग
हिँडन जान्नु पर्छ
नयाँ युग
बाँच्न जान्नु पर्छ ।
पासवर्ड, लाईक र कमेन्टमा
जिन्दगी सीमित त पक्कै हुँदैन
फर्क, ब्यूँझ
बिमार आमा र बूढा बाबाको
नजिक जाउ, मुस्कुराउ
तिम्रो मुस्कानले
उहाँहरु फक्रिनु हुनेछ
तिम्रो भलाकुशारीले
उहाँहरु मौलाउनु हुनेछ
जिन्दगीलाई जिन्दगी ठान
भोलि हुँदैन यो
जिन्दगीलाई अमृत पिलाउ
भोलि भेटिदैन यो ।
        बकैया–९, मकवानपुर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शालिकराम घले
शालिकराम घले
लेखकबाट थप