आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसिया कप : आगोमा हिँडेर प्रशिक्षण गर्दै बंगलादेशी ओपनर

शनिबार, ०२ भदौ २०८०, १७ : ४५
शनिबार, ०२ भदौ २०८०

काठमाडौँ । एसिया कप अगस्ट ३० बाट सुरु हुँदैछ । पहिलो खेल नेपाल र पाकिस्तानबीच हुनेछ । 

यसका लागि सबै टोलीले तयारी पनि थालेका छन् । धेरै खेलाडीहरू ठूला प्रतियोगिताहरू अघि आफ्नो ब्याटिङ वा बलिङमा काम गर्छन् । धेरै खेलाडीहरूले आफ्नो फिटनेसका लागि विभिन्न व्यायाम पनि गर्छन् । 

तर एसिया कप अघि एक बंगलादेशी क्रिकेटरले यस्तो काम गरेका छन् जुन देखेर तपाईं छक्क पर्नुहुनेछ । वास्तवमा उनी आगोमा हिँडिरहेको देखिन्छ। 

टिमका सोसल मिडिया म्यानेजरले आफ्नो एक्स (ट्विटर) अकाउन्टबाट एउटा भिडियो पोस्ट गरेका छन् । जसमा बंगलादेशका ओपनर नइम शेख आगोमा हिँडिरहेका देखिन्छन् । यस क्रममा उनीसँग एक जना माइन्ड ट्रेनर पनि उपस्थित छन् ।

नइमलाई एसिया कपका लागि टोलीमा स्थान दिइएको छ । उनी शाकिब अल हसनको कप्तानीमा देखिनेछन् । नइमले बङ्गलादेशका लागि हालसम्म ४ एकदिवसीय, १ टेस्ट र ३५ टी–२० खेलमा क्रमशः १०, २४, ८१५ रन बनाएका छन् । बंगलादेशले अहिलेसम्म इतिहासमा एक पटक पनि एसिया कपको उपाधि जित्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप