आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

विश्वासको मत लिन '१० करोड र मन्त्री पदको अफर’ कति सत्य ?

अनैतिक क्रियाकलापमा संलग्न नरहेको सत्ता गठबन्धनको दाबी
आइतबार, ०३ भदौ २०८०, १० : ५१
आइतबार, ०३ भदौ २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते (भोलि) प्रदेशसभाबाट विश्वासको मत लिने कार्यक्रम छ । उनले विश्वासको मत लिने दिन नजिकिँदै गर्दा सांसद किनबेच हुन लागेको हल्ला सुरु भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विश्वासको मत लिने दिनको टुङ्गो लागेसँगै कोशी प्रदेशमा बहुमत जुटाउन सत्ता गठबन्धन दलका नेताहरूले चलखेल सुरु गरेको र १० करोडको अफर आएको सार्वजनिक नै गरे ।

‘पूर्वमा विश्वासको मत लिने दिनको टुङ्गो भएसँगै खरिदेहरु प्रदेशसभा सदस्यहरूको घरदैलोमा गएर मन्त्री र १० करोडको प्रस्ताव गर्दैछन् भन्ने हल्ला काठमाडौँसम्मै आइपुग्यो त,’ लिङ्देनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

उनको यो स्टाटसपछि सञ्चारमाध्याममा सांसद किनबेचको ब्यापक शङ्का उपशङ्काका समाचार आउन थालेका छन् भने विश्वासको मतबारे विभिन्न कोणबाट छलफल हुन थालेका छन् ।

सत्तारुढ दलका नेताहरुले भने राप्रपा अध्यक्ष लिङ्देनको भनाइमा कुनै सत्यता नभएको बताएका छन् । नेपाली कांग्रेस कोशी प्रदेशसभा संसदीय दलका उपनेता हिमाल कार्कीले.गठबन्धनसँग स्पष्ट बहुमत रहेका कारण आफूहरु त्यस्तो अनैतिक क्रियाकलापमा संलग्न नहुने बताए ।

‘हामी अनैतिक क्रियाकलापमा संलग्न छैनौं । हामी माननीयहरुलाई उच्च सम्मान गर्छौं । माननीय भएको मानिसलाई पैसाले, आर्थिक प्रलोभन दिएर, पदीय प्रलोभन दिएर गठबन्धन अगाडि बढ्दैन,’ कार्कीले भने, ‘हामीसँग जे सिट संख्या (४७) छ । बहुमतका लागि यो काफी छ । हाम्रा भएकै सदस्यसंख्या पु¥याएर विश्वासको मत प्राप्त गर्छौं । पैसाको खेल गर्ने कुनै प्रयास भएको छैन । यो गलत कुरा हो ।’

यस्तै माओवादी केन्द्रका सांसद गणेश उप्रेतीले पनि यस्तो अफर हुनै नसक्ने बताउँछन् । करोडकरोड पैसा दिएर मन्त्री बनाउने प्रपञ्चमा कोही लाग्छजस्तो आफूलाई नलागेको उनले बताए ।

‘करोड–करोड पैसा दिएर सरकार बनाएर मुख्यमन्त्रीलाई के फाइदा हुन्छ ? १० करोडमा मन्त्री होइन, मुख्यमन्त्री नै किन्न पाइन्छ । तर, त्यो काम कसैले गर्दैन,’ उप्रेतीले भने, ‘करोड पैसा दिएर मन्त्री बनाउने काम कसैले पनि गर्दैन । अघिल्लो पटक पनि हिक्मतकुमार कार्कीलाई यस्तो आरोप लागेकै थियो । तर, कसैले पैसा लिएर कसैले भोट क्रस ग¥यो त ? अहिले पनि त्यो आरोप लाग्छ । फेरि पनि यस्तै हल्ला भइरहन्छ ।’

यसअघि मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले पनि सांसदलाई किनेरै बहुमत (४७ सांसद) पु¥याउने हल्ला चलेको थियो । विश्वासको मतकै लागि कसैले पैसा लिएर मत दिन्छन् भन्ने विषयमा नेताहरुबाटै हल्ला चलाउनु संसदीय अभ्यासको खिल्ली उडाउनु हो । तर, राप्रपा अध्यक्षकै तहबाट यसखाले हल्ला चलाउनु भने दुःखद् भएको गठबन्धन दलका नेताहरु बताउँछन् ।

प्रदेशमा एमालेको ४०, कांग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद गरी ९३ सांसद छन् । बहुमतका लागि कम्तीमा ४७ सांसद आवश्यक पर्छ । एमाले र राप्रपा एकातिर हुँदा पनि ४६ र इतर दलका सबै सांसद जोड्दा ४७ सांसद छन् । कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपा सम्मिलित गठनबन्धनले उद्धव थापाको नेतृत्वमा  सरकार बनाएको छ । उक्त सरकारले सोमबार विश्वासको मत लिँदैछ ।

विश्वासको मत लिने समयमा प्रदेशसभाको सभाध्यक्ष सत्ता गठबन्धनले गर्नुपर्ने परिस्थिति निर्माण भएको अवस्थामा भने बहुमत (४७) पु¥याउन १ सांसद अभाव देखिन्छ । यस्तो परिस्थिति निर्माण भएको अवस्थामा सत्ता गठबन्धनले एक सांसद पु¥याउन पैसा र पदको प्रलोभन दिएको राप्रपा अध्यक्षको संकेत गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप