आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भदौ ५ गते राष्ट्र बैंकले ६ अर्ब २३ करोडको ट्रेजरी नवीकरण गर्ने

आइतबार, ०३ भदौ २०८०, १२ : २४
आइतबार, ०३ भदौ २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भदौ ५ गते ६ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको नवीकरण गर्ने भएको छ । बैंकले ९१ दिने र ३६४ दिने गरी दुई किसिमको ट्रेजरी बिलको कूल ६ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिलको नवीकरण गर्ने भएको हो ।

 पुरानो ट्रेजरी खरिदकर्ता बैंक तथा वित्तीय संस्थाले पुनः ट्रेजरी नवीकरणका लागि दरखास्त दिन सक्नेछन् । केन्द्रीय बैंककाअनुसार मंगलबार नवीकरण हुने ट्रेजरीको सोमबार दिउँसो ३ बजे बोलकबोल हुने छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले तोकिएको समय भित्र आवेदन दिन सक्नेछन् ।

ट्रेजरीको बिक्री सोमबार अर्थात् भदौ ४ गतेदिउँसो ३ बजे हुनेछ ।  यसअघि केन्द्रीय बैंकले साउन २९ गते १४ अर्बरुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप