आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आर्थिक वर्ष २०८०/८१ को बजार सर्वेक्षण सुरु, मागेको तथ्याङ्क उपलब्ध गराउन केन्द्रीय बैंकको आग्रह

आइतबार, ०३ भदौ २०८०, १२ : ४०
आइतबार, ०३ भदौ २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को उपभोग्य बजार सर्वेक्षण काय सुरु गरेको छ । देशको समग्र मूल्य स्थितिलाई मापन गर्न नेपाल राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकाङ्क सम्बन्धी तथ्याङ्क नियमित सङ्कलन तथा प्रकाशन गर्दै आइरहेको छ । 
यसै कार्य अन्तर्गत केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को बजार सर्वेक्षण सुरु गरेको जनाएको हो । 

आइतबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले समयको अन्तरालसँगै उपभोक्ताको व्यवहारमा आएको परिवर्तन, बजारमा वस्तु तथा सेवाको उपलब्धतामा आएको परिवर्तन तथा देशको प्रादेशिक संरचना लगायतका कारण आर्थिक वर्ष २०८०/८१ लाई विशेष नयाँ आधार वर्ष कायम गर्ने उद्देश्यले २०८० साउनदेखि २०८१ असारसम्म देशका ७७ वटै जिल्लास्थित तोकिएका बजारमा केन्द्रहरूमा विभिन्न वस्तु तथा सेवाको विवरण तथा मूल्य सङ्कलन सुरु भएको जनाएको छ । 

यस सिलसिलामा नमुना सर्वेक्षणमा परेका पसल तथा सङ्घसंस्थामा आउने मूल्य सङ्कलकलाई आवश्यक तथ्याङ्क एवम् जानकारी उपलब्ध गराउन समेत केन्द्रीय बैंकले विशेष अनुरोध गरेको छ । यस्तो सूचना तथा जानकारी तथ्याङ्क ऐन, २०७९ बमोजिम गोप्य रहने समेत केन्द्रीय बैंकले प्रस्ट पारेको छ । 

nrb

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप