आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रचण्डविरुद्ध अदालतको अवहेलना मुद्दाको पेसी आज

आइतबार, ०३ भदौ २०८०, १२ : ५१
आइतबार, ०३ भदौ २०८०

काठमाडौँ । तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दामा आज सुनुवाइ हुने भएको छ । २०७३ सालमा दर्ता भएको अदालतको अवहेलना मुद्दामा ७ वर्षपछि पालो आएको हो । 

शान्ति प्रक्रियासँग सम्बन्धित विषयमा अदालतले फौजदारी कसुरमा फैसला र सदर गरेको भन्दै प्रचण्डले अदालतको आदेश र फैसला नमान्ने सार्वजनिक वक्तव्य दिएका थिए । अदालतको आदेश र फैसला नै नमान्ने अभिव्यक्तिपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रचण्डलाई विपक्षी बनाई अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

सर्वोच्च अदालतमा २०७३ जेठ १२ गते दायर भएको उक्त मुद्दा हालसम्म एकपटक पनि सुनुवाइ भएको छैन । हालसम्म २१ पटक पेसीमा चढेको उक्त मुद्दा १९ पटक हेर्न नभ्याइनेमा परेको छ भने दुईपटक विपक्षीको कानुन व्यवसायीबाट स्थगित गरिएको छ । मुद्दा दर्ता भएको ७ वर्ष कटेपछि आइतबार भने उक्त मुद्दाको पालो आउन लागेको छ ।

कामु प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा परेको उक्त रिट क्रम सङ्ख्या ५ मा रहेको छ । अपराह्न १२ः४५ बजेसम्म क्रम सङ्ख्या ४ मा रहेको डाँका मुद्दामा सुनुवाइ भइरहेको छ । उक्त मुद्दाको सुनुवाइ सकिएपछि प्रचण्डविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दाको सुनुवाइ हुन सक्नेछ । 

आइबतार उक्त मुद्दामा सुनुवाइ भएमा मुद्दा दर्ता भएको ७ वर्ष २ महिनापछि पहिलोपटक सुनुवाइ हुनेछ ।

muddha

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप