सभामुख घिमिरेले भने–संसद्को अवरोध हटाउन राजनीतिक दलहरुबीच सहमतिको विकल्प छैन
आइतबार, ०३ भदौ २०८०, १४ : २६
काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्को अवरोध खुलाउन राजनीतिक दलहरुबीच सहमति गर्नु बाहेकको विकल्प नरहेको बताएका छन् । आइतबार संसद्को अवरोध खुलाउन दलका प्रमुख सचेतक र सचेतकहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
सभामुख घिमिरेले संसद्को अवरोध हट्ने कुरा सुन तस्करीको छानबिन गर्नको लागि उच्चस्तरीय छानबिन समिति बनाउनेकुरामा अड्किएको बताए । उनले प्रतिपक्षले उच्चस्तरीय छानबिन समिति बनाउन सरकारलाई आदेश नदिएको आरोप लगाएको बताए । उनले दलहरुको बीचमा समझदारीको वातावरण बन्नसके संसद् अवरोध हट्ने बताए ।
सभामुख घिमिरेले संसद्को अवरोध हटाउनका लागि आफूले दलका नेताहरुसँग बसेर छलफल गरिरहेको बताए ।