आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संसद अवरोध

सभामुखसँगको बैठकमा रास्वपाले भन्यो– ‘तपाईंहरूको जडताले सदनलाई बन्दी बनायो’

आइतबार, ०३ भदौ २०८०, १४ : २६
आइतबार, ०३ भदौ २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्को गतिरोध अन्त्य गर्नुपर्नेमा जोड दिएको छ । सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्ष दल एमालेले सदन अवरुद्ध गरिरहेका बेला रास्वपाले भने आइतबार सभामुख देवराज घिमिरेले बोलाउनुभएको प्रमुख सचेतकहरूको बैठकमा सदन भित्रै आफ्नो विमतिहरू राखेर समस्याको समाधान गर्नुपर्ने बताएको हो । 

प्रमुख सचेतक परियारले भने– ‘आज सम्माननीय सभामुखज्यूले प्रमुख सचेतकहरूलाई विशेष गरेर कार्य व्यवस्था परामर्श समितिमा बसेर पनि कुरा खासै टुंगिएको छैन । जुन गाँठो परेको थियो । त्यो गाँठो फुकिसकेको छैन । कमसेकम प्रमुख सचेतकहरूसँग बसेर एक पटक छलफल गर्न पाए हुन्थ्यो भनेर उहाँले आज पटक हामीलाई बोलाउनु भएको थियो । र, हामी आयौँ । कुरा त्यही छ । अस्ति जहाँ अडिएको थियो । सत्तापक्षको पनि कुरा त्यही हो । प्रमुख प्रतिपक्षको कुरा त अझ हामी बलियो ढंगले प्रस्तुत हुन्छौँ भन्ने कुरा छ ।’

संसद्लाई प्रभावकारी र गतिशील बनाएर सबै विमतिहरू त्यहीँभित्र हल गर्नका लागि आफ्नो पार्टीले बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलसँग आग्रह गरेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

‘मैले आफ्नो तर्फबाट यो तपाईँहरूको जडताले सदनलाई यो खालको बन्दी बनाएको छ । यसले राम्रो गरेको छैन । सदनमा अन्य दलहरू पनि छन् । सदनको जनमत हेर्ने हो भने त्यो जनमतको लोकप्रियता पनि तपाईंहरूले बुझ्नुभएन, स्वीकार्नु भएन । हामीलाई त सदनमा यसरी बोल्न नदिँदा पनि केही फरक पर्दैन । किनभने हिजो पनि हामी जनताको माझबाट आएका हौँ । आज पनि जनतामा गएर बोल्छौँ,’ उनले भने, ‘तर कुरा के हो भने यो प्रणालीमाथि प्रश्न चिन्ह नहोस् । तपाईँहरूको सङ्घर्षले यो व्यवस्था आएको हो । हामी यसलाई समृद्ध गर्न चाहन्छौँ । अझ यसलाई हामी जनताको पक्षमा बनाउन चाहन्छौँ । यो गाम्भीर्यता सबैमा हुनुपर्‍यो भनेर मैले मेरो कुरा राखेँ । राष्ट्रिय स्वतन्त्र पार्टी हामी जिम्मेवार छौँ ।’

उनले भने– ‘यसलाई खुलाउनका लागि हामीले पहल गरिराखेका छौँ । जे गर्नु छ । सदनमै गरौँ । सदनलाई प्रभावशाली बनाऔँ । गतिशील बनाऊ । हाम्रा विमतिहरू सबै सदनमा राखौँ । तर फेरि हाम्रो अभ्यास, यो लोकतन्त्रको सीमितता आदिले सदन अगाडि लैजान नसक्ने बाध्यता छ । अलिकति हामीले देश र जनतालाई केन्द्रमा राख्यौँ भने पार्टीहरू पनि आफ्नो जडताबाट आउने हुन कि भन्ने आशा चाहिँ छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप