आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गृहमन्त्रीकाे दाबी – सुन तस्करीको छानबिन सीआईबीले नै टुंगोमा पुर्‍याउँछ

आइतबार, ०३ भदौ २०८०, १५ : ५४
आइतबार, ०३ भदौ २०८०

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करीको छानबिन सीआईबीले नै गर्ने दोहोर्‍याएका छन् ।

आइतबार प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणको छानबिन संगठित अपराध अन्तर्गत अनुसन्धान गर्नुपर्ने भएकाले सीआइबीलाई छानबिनको जिम्मा दिएको बताए । 

उनले भने, ‘कुनै कन्फ्युज नहोस्, किनभने सुन तस्करीको छानबिन सीआईबीले नै गर्छ र निष्कर्षमा पनि पुर्‍याउँछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप