आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विश्वकपको तालिका पुनः परिवर्तन हुन सक्ने

आइतबार, ०३ भदौ २०८०, १६ : ०३
आइतबार, ०३ भदौ २०८०

हैदराबाद । हैदराबद क्रिकेट एसोसिएसन (एचसीए) ले एकदिवसीय विश्वकपको तालिका परिवर्तन गर्नका लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) लाई पत्र लेखेको छ । उप्पलमा रहेको राजीव गान्धी रंगशालामा ९ अक्टोबरमा न्युजिल्याण्ड र नेदरल्याण्डबीच खेल हुने तालिका छ ।

त्यसको भोलिपल्टै १० अक्टोबरमा पाकिस्तान र श्रीलंकाबीच खेल हुनेछ । सुरक्षाका कारण यसअघि नै ९ वटा खेलको तालिका परिवर्तन भइसकेको छ ।

१० अक्टोबरमा खेलिने खेल यसअघि १२ अक्टोबरमा खेलाइने थियो । तर, भारत र पाकिस्तानको खेलको मितिमा परिवर्तन गरिएपछि हैदराबादमा लगातार दुई खेल राखिएको हो ।

भारतीय सञ्चारमाध्यमकाअनुसार एचसीएले बीसीसीआईलाई पत्र लेख्दै ९ र १० अक्टोबरमा हुने खेलको बीचमा समय राख्न माग गरेको छ । सुरक्षा प्रबन्धलाई ध्यानमा राख्दै मिति परिवर्तन गर्न पत्रमा भनिएको छ । हैदराबाद प्रहरीले लगातार दुई खेल राख्दा विशेष गरेर पाकिस्तानको खेलका लागि सुरक्षा प्रदान गर्न चिन्ता व्यक्त गरेको छ ।

हैदराबादमा कूल तीन खेल खेलिनेछ । पहिलो खेल पाकिस्तान र नेदरल्याण्डबीच ६ अक्टोबरमा खेलिनेछ । त्यसपछि दोस्रो खेल ९ र तेस्रो खेल १० अक्टोबरमा खेलिनेछ ।

पाकिस्तान र भारतबीचको खेल १४ अक्टोबरमा हुनेछ । यसका लागि पाकिस्तानले खेलअघि खाली समय राख्न माग गरेको थियो । एचसीएको सुझाव मानेर खेलको मिति परिवर्तन भएको खण्डमा यात्राको योजना बनाएका समर्थकहरूले केही दुःख खेप्नुपर्ने देखिएको छ ।

टिकट बिक्री सुरु हुन एक हप्ताभन्दा कम समय बाँकी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप