आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सोमबार पनि जारी रहने, आज २६ जनाले बोले

आइतबार, ०३ भदौ २०८०, १८ : ३७
आइतबार, ०३ भदौ २०८०

काठमाडाैँ । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । आइतबार पार्टी कार्यालयमा बिहान ११ बजेदेखि सुरु भएको बैठक साँझ पौने ६ बजेसम्म जारी रहेर स्थगित भएको हो । 

बैठक सोमबार बिहान ११ बजेदेखि पुनः सुरु हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

उनका अनुसार आजको बैठकमा २६ जना पोलिटब्युरो सदस्यले बोलेका छन् । यसअघि तय भएका  ७ एजेण्डामाथि उमेश डाँगी, कृष्ण पन्त, कृष्ण खनाल, गणेश बिके, गणेश काङवाङ, चिरञ्जिवी आचार्य, दिलु पन्त, धर्म निरौला, निरा जैरु, बसन्त मानन्धरलगायतले धारणा राखेको उनको भनाइ छ । 

आजको बैठकमा बोल्दै अध्यक्ष माधव कुमार नेपालले अगाडि आइपर्ने सबैखालका गम्भीर चुनौतीको सामना गर्न तयार भएर आफूहरुले नयाँ पार्टी बनाएका बताउँदै यो पार्टी नै कम्युनिस्टमा सबैभन्दा उत्तम विकल्प भएको बताए । 

उनले कम्युनिस्ट आन्दोलनको रक्षा गर्न आफूहरु प्रतिबद्ध रहेपनि बताए । उनले सबैखालको भ्रष्टाचारको छानबिन हुनुपर्नेमा जोड दिँदै सरकारले गरेको कामको प्रशंशा पनि गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप