आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काभ्रेमा शेयर बजार प्रशिक्षण

आइतबार, ०३ भदौ २०८०, २० : २८
आइतबार, ०३ भदौ २०८०

काभ्रे । काभ्रेमा शेयर बजार सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ । आइतबार एक कार्यक्रमका बीच नेपाल प्रहरी स्कुल, साँगामा शेयर मार्केट सम्बन्धी २८० जनालाई प्रशिक्षण दिइएको हो ।

इन्टर्याक्ट क्लब अफ भक्तपुर एण्ड काभ्रे भ्याली र इन्टर्याक्ट क्लब अफ नेपाल पुलिस स्कुल साँगाको संयुक्त आयोजनामा भएको कार्यक्रममा शेयर बजार सम्बन्धी जानकारी दिइनुका साथै कार्यक्रम स्थलमै सहभागीहरुको डिम्याट खातासमेत खोलिएको थियो । कार्यक्रमले वित्तीय साक्षरता र जागरूकताको प्रसारका जानकारीहरु दिइएको थियो । 

तालिमका सहभागीहरुलाई सचिन सिलवाल, शिव चन्द र श्रीहरि कार्कीले शेयर बजारको परिप्रेक्षक, निवेश रणनीतिहरू र सुस्त वित्तीय निर्णयहरूबारे प्रशिक्षण प्रदान गरेका थिए ।  युवाहरुमा शेयर बजारबारे जानकारी दिन, बजारको अवस्थाबारे जानकार रहन मद्दत मिल्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप