आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
नाबालक बन्दीको शंकास्पद मृत्यु प्रकरण

भक्तपुरको सुधार गृहबाट २२१ जना फरार

सोमबार, ०४ भदौ २०८०, १६ : ०६
सोमबार, ०४ भदौ २०८०

काठमाडौँ । भक्तपुरको बाल सुधार गृहबाट २२१ जना नाबालक बन्दी फरार भएका छन् । हिजो एक नाबालक बन्दीको मृत्यु भएपछि अवस्था तनाव ग्रस्त बनेको मौका छोपी उनीहरु फरार भएका हुन् । 

सुधार गृहमा २९६ जना नाबालक बन्दी रहेकामा अहिले प्रहरीको नियन्त्रणमै ४२ जना बालिका र ३३ जना रहेका छन् । अन्य १२ जनाको अस्पतालमा उपचार भइरहेको छ । बाँकी फरारहरुको खोजतलास भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

भक्तपुरको सानो ठिमीस्थित बालसुधार गृहबाटमा ‘नाबालक बन्दी’ को शङ्कास्पद मृत्यु भएको थियो । रामेछाप जिल्ला मन्थली नगरपालिका घर भएका १८ वर्षीय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएपछि आन्दोलन चर्किएको थियो ।

सुधार गृहका कर्मचारीले उनलाई स्वास्थ्यमा समस्या देखिएको भन्दै नागरिक सामुदायिक अस्पताल लगे पनि अस्पताल पुग्नुअघि नै उनको मृत्यु भएको परिवारका सदस्यहरूले दाबी गरेका थिए ।  अदालतको आदेशले बस्नेत २०७७ सालदेखि बाल सुधार गृहमा थिए ।

थुनुवाहरु तोडफोडसहित फरार भएपछि अहिले सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप