आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सव

तस्बिरमा हेर्नुहोस् प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सव

सोमबार, ०४ भदौ २०८०

काठमाडौँ । नेपाल प्रहरी श्रीमती संघले ३९ औं वार्षिक उत्सव मनाएको छ । काठमाडौँमा एक कार्यक्रमका बीच संघले ३९ औं वार्षिक उत्सव मनाएको हो । कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी अधिकारीलगायतको सहभागिता रहेको थियो । 

कार्यक्रममा गृहमन्त्री श्रेष्ठले तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँका संस्थापक एवं कार्यकारी निर्देशक प्रा.डा.सन्दुक रूइतलाई सम्मानपत्र प्रदान गरेका हुन् । 

गृहमन्त्री श्रेष्ठले समाज सेवाका विभिन्न क्रियाकलापमा नेपाल प्रहरी श्रीमती संघले पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए । नेपाल प्रहरी संगठनलाई अझ प्रभावकारी बनाई प्रहरी अधिकृत तथा जवानहरूको मनोबल उच्च राख्न संघको समेत सक्रिय भूमिका रहने हुँदा त्यसतर्फ सशक्त रूपमा अगाडि बढ्नुपर्ने उनले बताए । विभिन्न क्षेत्रमा समाज सेवामा भूमिका निर्वाह गर्ने सवै संस्थालाई एकीकृत गर्दै आपसी सहयोगका साथै ज्ञान, सीपको प्रयोग गरेर संवृद्ध समाज निर्माण गर्ने नीति तय गर्दै सकारात्मक कदम चाल्नेतर्फ छलफल भइरहेको उनले बताए । 

समारोहमा प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले यौनजन्य हिंसा, जबरजस्ती करणीका पीडित तथा प्रभावितलाई उद्धार, संरक्षण र पुनर्स्थापनाको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउनु हुने रक्षा नेपालका अध्यक्ष मेनुका थापा एवम् सामाजिक सेवाको क्षेत्रमा सराहनीय तथा प्रशंसनीय कार्यको उच्च कदर गर्दै नेपाल स्नेही काखकी संस्थापक अध्यक्ष नेहा पोखरेल, मेरुदण्ड पक्षघात समूह नेपाल माकलवारी काठमाडौँका संस्थापक अध्यक्ष ऋषिराम ढकाल र प्राणनाथ माइती वृद्धाआश्रम पनौती काभ्रेपलाञ्चोकको संस्थापक अध्यक्ष रघुनाथ तिमल्सिनालाई सम्मानपत्र प्रदान गरे । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया