आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
'जनतासँग माओवादी विशेष रूपान्तरण'

बागमतीमा माओवादीको कार्यविभाजन : प्रधानमन्त्रीको सल्लाहकारलाई नगरपालिका हेर्ने जिम्मा (सूचीसहित)

सोमबार, ०४ भदौ २०८०, १९ : ४३
सोमबार, ०४ भदौ २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्र बागमती प्रदेशले केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा सदस्यहरूको जिम्मेवारी टुङ्ग्याएको छ ।

भदौ १ गते बसेको बैठकले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानका लागि नेताहरूको जिम्मेवारी टुङ्ग्याएको हो । जसमा बागमतीको मुख्यमन्त्रीसमेत रहेका शालिकराम जम्कट्टेललाई १३ वटा जिल्लाको मुख्य कार्यक्रमहरूमा सहभागी हुने जिम्मा दिएको छ ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारसमेत रहेका उपमहासचिव हरिबोल गजुरेलले सिन्धुलीको कमलामाई नगरपालिका हेर्ने जिम्मा पाएका छन् । पूर्वसभामुख ओनसरी घर्तीले ललितपुरको कोन्जोसोम गाउँपालिकाको जिम्मा पाएकी छन् ।

बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेल ललितपुर महानगरपालिका, लेखनाथ न्यौपाने काठमाडौँ ३१ वडा, राष्ट्रियसभाका पूर्वसदस्य रामनारायण बिडारी ललितपुरको महालक्ष्मी नगरपालिका, बागमतीका पूर्वसभामुख राधिका तामाङलाई काठमाडौँ १४ नम्बर वडामा खटाइएको छ ।

त्यस्तै अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहलाई काठमाडौँ २८ र २९ वडा, वाइसीएलको फ्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’लाई भक्तपुर, मध्यपुर नगरपालिका, रेणु दाहाललाई भरतपुर महानगरपालिका, हिमाल शर्मालाई सिन्धुपाल्चोकको चौतारा साँगाचोक नगरपालिकाको जिम्मा दिइएको छ ।

प्रधानमन्त्रीका सचिवालयमा रहेका गंगा दाहाल र सन्तु दराईलाई प्रधानमन्त्री कार्यालयको जिम्मा दिइएको छ ।

क–कसलाई कहाँको जिम्मेवारी दिइयो ?  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप