आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गण्डकीमा माओवादी नेताहरूको जिम्मेवारी हेरफेर, कसलाई कहाँको जिम्मेवारी(सूचीसहित)

सोमबार, ०४ भदौ २०८०, १९ : ५३
सोमबार, ०४ भदौ २०८०

काठमाडौँ । माओवादी केन्द्रले घोषणा गरेको विशेष अभियानलाई सफल बनाउन गण्डकी प्रदेशले केन्द्रीय सदस्य, प्रदेश सदस्यहरूको जिम्मेवारी तोकेको छ । 

प्रदेश इन्चार्ज देवेन्द्र पौडेलसहित बसेको बैठकले जिल्ला, पालिका, विभाग र जनवर्गीय संगठनको जिम्मेवारी हेरफेर गरेको हो । 

जसअनुसार यशोदा गुरुङ सुवेदीलाई नवलपुर, गोरखा, तनहुँ, लमजुङ र मनाङको जिम्मेवारी तोकिएको छ । हरि अधिकारीलाई मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, कास्की र स्याङ्जाको जिम्मेवारी दिइएको छ । 

यसैगरी, जातीय मुक्ति मोर्चामा सुरेश आलेमगर, विभागमा बालकृष्ण गैरे, जनवर्गीय मुक्ति मोर्चामा प्रदेश अध्यक्ष गायत्री गुरुङ रहेकी छिन् । विभागहरूमा बालकृष्ण गैरे र कार्यालयमा अतीन्द्र केशरी न्यौपाने रहेका छन् । 

त्यस्तै, जिल्लाअन्तर्गत मुस्ताङ इन्चार्ज कपिल लामा, म्याग्दी गुप्तबहादुर ठकुरी, बाग्लुङ गोविन्द्र पौडेल, पर्वत बलावती शर्मा इन्चार्ज रहेका छन् । 

यसैगरी, कास्की नेत्र अधिकारी, स्याङ्जा राजकाजी गुरुङ, नवलपुर अमर तमु, तनहुँ शैलेश घिमिरे, गोरखा  दीपक कोइराला, लमजुङ आशा कोइराला र मनाङमा बुद्धिराम गुरुङ जिल्ला इन्चार्ज रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप