आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जसपामा जिम्मेवारी बाँडफाँट, कसले के पाए ? (सूची)

सोमबार, ०४ भदौ २०८०, २१ : ५८
सोमबार, ०४ भदौ २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले पार्टीभित्र जिम्मेवारी बाँडफाँट गरेको छ । आइतबार बसेको कार्यकारिणी समितिको बैठकले पार्टी नेतृत्वको जिम्मेवारी बाँडफाँट गरेको हो ।

बैठकले पार्टीका कार्यकारिणी सदस्य राजकिशोर यादवलाई लुम्बनी प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ । कार्यकारिणी सदस्य सुशीला श्रेष्ठलाई बागमती प्रदेश इन्चार्ज, प्रकाश अधिकारीलाई कर्णाली प्रदेश इन्चार्ज र गोविन्द चौधरीलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज तोकेको पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

बैठकले पार्टी संगठन विभागको प्रमुखमा केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठलाई चयन गरेको छ । सो विभागको सदस्यमा रेणु यादव र लाक्पा शेर्पा रहेका छन् । संघीय मामिला तथा स्थानीय तह विभाग प्रमुखमा लालबाबु राउत र सदस्यहरुमा शैलेन्द्र साह र सनबहादुर चयन भएका छन् ।

सूचना, सञ्चार, विज्ञान तथा प्रविधि विभागको प्रमुखमा मनिष सुमनलाई जिम्मेवारी दिइएको छ भने सो विभागको सदस्यहरुमा लक्ष्मण हुमागाई र योगराज वनेम रहेका छन् ।

कार्यकारिणी समिति सदस्य परशुराम बस्नेतको अध्यक्षतामा सीपी सिंह, पेशल ढकाल, न्हुच्छेलाल महर्जन र देवनारायण याादवलाई केन्द्रीय कार्यालयको जिम्मेवारी दिइएको छ । युवा, विद्यार्थी तथा खेलकुद विभागको प्रमुखमा रमेशबाबु श्रेष्ठ चयन भएका छन् भने सदस्यहरुमा विदेश्वर यादव, दीपक दोर्जे लामा र वीरेन्द्र प्रधानलाई जिम्मेवारी दिइएको छ ।

महिला विभागको प्रमुखमा लिला सिटौलालाई जिम्मेवारी दिइएको छ भने सदस्यहरुमा उर्मिला साह, मञ्जु अन्सारी, विनिता यादव, किरण साह, निर्मला यादव, भगवती सुवेदी, रेणुका सिंह, अञ्जना शेर्पा, शोभा बज्राचार्य र कमला विश्वकर्मा रहेका छन् । 

बैठकले केन्द्रीय सदस्य मनोरञ्जन गोइतमाथि गरिएको अनुशासनको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले सप्तरी जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा निर्वाचनका बेला उत्पन्न भएका संगठनात्मक समस्या तथा अनुशासन लगायतका विषयमा भएका विवादका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न छानबिन समिति पनि निर्माण गरेको छ ।

नेता राजकिशोर यादवको संयोजकत्वमा सुशीला श्रेष्ठ र जगदेव यादव रहेको तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । त्यसैगरी पार्टीका प्रत्येक प्रदेश, जिल्ला समिति र पालिका समितिहरुले तीन महिने संगठन विस्तार र सुदृढीकरण अभियान चलाउने निर्णय समेत भएको प्रचार विभाग प्रमुख पूर्ण वस्नेतले बताए ।

सो अभियानमा पार्टी सदस्यता नवीकरण, संगठन विस्तार र सुदृढीकरणका कार्यक्रमहरु हुने समेत उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप