आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सन्नी देओलले जुहु बंगला लिलामी मामिलामा दिए यस्तो प्रतिक्रिया

मङ्गलबार, ०५ भदौ २०८०, १० : ४०
मङ्गलबार, ०५ भदौ २०८०

बलिउड अभिनेता सन्नी देओलले मङ्गलवार बैंक अफ बडोदाको सम्पत्ति लिलामीबारे नोटिसमा बयान दिन अस्वीकार गरे । उनले भने, ‘यो व्यक्तिगत कुरा भएकाले म टिप्पणी गर्न चाहन्नँ ।’

बैंक अफ बडोदाले अभिनेता र भाजपा सांसद सन्नी देओलको मुम्बईमा रहेको जुहू बंगलाको लिलामीको लागि नोटिस जारी गरेको थियो । तर भोलिपल्टै बैंकले ‘प्राविधिक कारण’ भन्दै सूचना फिर्ता लिएको थियो ।

बैंकले ५६ करोड ऋण ई–अक्सनमार्फत असुली गर्न सूचना जारी गरेको थियो । यो लिलामी अगस्ट २५ मा हुने थियो ।

बैंकले पन्जाबको गुरदासपुरका सांसद सन्नी देओलले डिसेम्बर २०२२ देखि बैङ्क अफ बडोदाको ५५.९९ करोड भारतीय रुपैयाँको ऋण तिर्न नसकेकोले यो सम्पत्ति ई–लिलामी गरिने बताएको थियो ।

तर, मङ्गलवार बैंकले आफ्नो नयाँ विज्ञप्तिमा ‘अजय सिंह देवल उर्फ सन्नी देओल’ को सम्पत्तिको ई–लिलामीको सूचना प्राविधिक कारणले फिर्ता लिइएको जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप