आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जनतासँग कांग्रेस अभियान स्थगित गर्ने पदाधिकारी बैठकको निर्णय

मङ्गलबार, ०५ भदौ २०८०, १३ : ०१
मङ्गलबार, ०५ भदौ २०८०

काठमाडौं । नेपाली कांग्रेसले भदौ १० देखि २४ सम्म सञ्चालन गर्ने भनिएको जनतासँग कांग्रेस अभियान स्थगित गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठक जनतसँग कांग्रेस अभियान स्थगित गरेको हो  ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले रातोपाटीलाई भने, 'जनतासँग कांग्रेस अभियानमा जनप्रतिनिधि पनि सहभागी हुनुपर्छ । संसद् चलिरहेको छ । अर्कातिर बर्खामा कार्यक्रम गर्न पनि सहज छैन भनेर केही समयका लागि भदौ १० देखि २४ सम्मको अभियान तत्कालका लागि स्थगित गरिएको छ ।'  उक्त अभियानका अर्को मिति आगामी दिनमा बस्ने बैठकबाट तय हुने उनको भनाइ छ ।

पौडेलका अनुसार पदाधिकारीबीच भएको छलफलमा २० देखि ३० साउनसम्म भएको पार्टी सङ्गठन सुदृढीकरण अभियानको समीक्षा भएको थियो । अभियानले कांग्रेसलाई गतिशील बनाउने छलफलको निष्कर्ष रहेका उनले बताए । पार्टी भ्रातृ संस्थालाई सङ्गठन विस्तारका लागि व्यापक परिचालन गर्नेबारे पनि पदाधिकारी बैठकले निर्णय गरेको छ । पदाधिकारीको छलफल राष्ट्रिय राजनीतिभन्दा पार्टीको आन्तरिक विषयमै केन्द्रित भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप