आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बिपी साहित्य महोत्सव गर्ने कांग्रेसको निर्णय

मङ्गलबार, ०५ भदौ २०८०, १४ : १२
मङ्गलबार, ०५ भदौ २०८०

काठमाडौँ । नेपाली कांग्रेसले बिपी साहित्य भव्यरुपमा मनाउने भएको छ । मंगलबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले बिपी साहित्य महोत्सव गर्ने निर्णय गरेको हो । 

कांग्रेसले बिपी कोइरालाको जन्म जयन्तीका अवसरमा भदौ २४ देखि २६ गतेसम्म काठमाडौँमा बिपी साहित्य महोत्सव गर्ने भएको छ । बिपी जन्म जयन्ती भदौ २४ गते रहेको छ । 

यसअघि साउन १० गतेको केन्द्रीय समिति बैठकले पनि बिपी साहित्य महोत्सव बनाउने निर्णय गरेको थियो । 

पदाधिकारी बैठकले समुदायसँग कांग्रेस अभियान स्थगित गरेर बिपी साहित्य महोत्सव कार्यक्रम तय गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप