आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वर्षमानको प्रश्न : प्रज्ञामा माओवादीको साहित्य खै ?

मङ्गलबार, ०५ भदौ २०८०, १५ : ४३
मङ्गलबार, ०५ भदौ २०८०

काठमाडौँ  । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले माओवादीले दिएको योगदानको संरचनागत विकास देशमा नभएको बताएका छन् । माओवादी केन्द्र उपत्यका विशेष प्रदेश समिति सञ्चार सांस्कृतिक महाशाखाको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो अभिव्यक्ति दिएका हुन् ।

प्रज्ञा प्रतिष्ठानमा पटक पटक पार्टीबाट प्राज्ञ गएका छन् तर त्यहाँ माओवादीको कविता, नाटक, गीत, साहित्य नछापिएको, प्रगतिशीलले नेतृत्व लिन नसकेको  उनले बताए ।

पुनले अगाडि भने, ‘शिक्षा मन्त्रालय माओवादीले पटक पटक सम्हाल्यो तर माओवादीले दिएको योगदानको चर्चा कहीँ पनि देखिएन ।’ 

राज्यसत्ता बदलिन बल प्रयोग गर्यो तर संरचनागत परिवर्तनका लागि प्रक्रिया खोजेको कारण माओवादी पछाडि परेको बताउदै उनले पुरानो प्रक्रिया, प्रणालीलाई पछ्याउँदै गयो भने माओवादीले चाहेको परिवर्तन नहुने बताए ।

उपत्यका विशेष प्रदेश समितिका अध्यक्ष जगत सिम्खडाले जनाधार घटेकाले त्यसलाई बढाउनका लागि पार्टीले अभियान चलाएको बताए । उनले भने, ‘देश हाम्रो एजेन्डामा चलेको छ । अरु पार्टी पनि हाम्रो एजेण्डमा चलेको छ तर संगठन किन कमजोर भयो भनी बुझ्न आवश्यक छ ।’

तीनमहिने सम्मेलन सकेर विधान अधिवेशन गर्ने र त्यही विधानअनुसार पार्टी सन्चालन गर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप