सशस्त्र प्रहरीका ५६ जना डीएसपीहरू एसपीमा बढुवा सिफारिस
मङ्गलबार, ०५ भदौ २०८०, २० : ०२
काठमाडौँ । सशस्त्र प्रहरी बलका ५६ जना नायब उपरीक्षक (डीएसपी)लाई सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार बसेको बढुवा समितिले बढुवा सिफारिस गरेको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।
सिफारिस सूचीको पहिलो नम्बरमा राजेश खरेल छन् । सिफारिस हुनेहरुमा गुणराज न्यौपान, प्रेम प्रसाई, आनन्द थापा मगर र निवन कुमार खड्का सहित ५६ जना छन् । बढुवा सिफारिस भएका अधिकृतहरु सिसं–३ का हुन् । उनिहरु २०६० भदौमा इन्स्पेक्टरमा सेवा प्रवेश गरेका थिए ।