रुपन्देहीमा सीमा सहजीकरण समिति गठन
मङ्गलबार, ०५ भदौ २०८०, २१ : ५८
बुटवल । रुपन्देहीमा सीमा सहजीकरण समिति गठन गरिएको छ । नेपाल–भारत सीमामा हुने आपराधिक गतिविधि नियन्त्रण सहयोग, सीमा स्तम्भहरूको अवस्था तथा सीमा आबद्ध अपराध, विपद्जन्य प्रकोप एवं सङ्क्रामक रोगहरूमा सहयोगको लागि समिति गठन गरिएको हो ।
नेपालभर सीमासँग जोडिएका वडाहरूमा सीमा सहजीकरण समिति गठन गर्ने कार्यक्रमअनुसार सिद्धार्थनगर नगरपालिका–१ मा उक्त समिति गठन गरिएको सीमा सुरक्षा गुल्म डन्डाका सशस्त्र प्रहरी नायव उपरीक्षक डिएसपी अरुण कुमार शर्माले बताए ।
उनले सीमा क्षेत्रमा विभिन्न निकाय खटिएकासँग सहकार्य गर्ने उद्देश्यले हेडक्वाटरको कार्यक्रमअनुसार वडा नम्बर १ मा यो समिति गठन गरिएको खुलाए ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष उज्ज्वल पोखरेलको संयोजकत्वमा गठन भएको ११ सदस्यीय समिति रहेको छ ।