आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

बुधबार, ०६ भदौ २०८०, ०६ : ५३
बुधबार, ०६ भदौ २०८०

काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दै छ ।  दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रबारे सदनलाई जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ । 

त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र तथा विषयगत समितिमा सदस्य हेरफेरबारे जानकारी गराउनेलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

साउन १० गतेयता अवरुद्ध रहेको सदनलाई सुचारु गराउने विषयमा दलहरू सहमति नजिक पुगेकोले आजको बैठकले निरन्तरता पाउने अपेक्षा गरिएको छ । संसद् सचिवालयले बैठक प्रभावित हुँदै आएकोले  पुरानै कार्यसूचीलाई निरन्तरता दिँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप