आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
काेशी प्रदेश

कोशी प्रदेश सरकारविरुद्ध एमाले सर्वोच्च जाँदै

बुधबार, ०६ भदौ २०८०, ११ : २४
बुधबार, ०६ भदौ २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानविपरीत प्रदेशसभाबाट विश्वासको मत लिएको भन्दै नेकपा एमालेले आज सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने जनाएको छ । मुख्यमन्त्री थापाले जबर्जस्ती विश्वासको मत पाएको घोषणा गरिएको भन्दै एमाले अदालत जान लागेको हो ।

एमाले कोशी प्रदेश संसदीय दलका उपनेता राम रानाले आजै अदालत जाने बताए । ‘संसद पनि चल्छ, हामी अदालत पनि जान्छौं’, रानाले भने । प्रदेशसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

हिजो विराटनगरमा प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटीको प्रथम साधारणसभामा बोल्दै एमाले संसदीय दलका नेता हिक्मत कार्कीले एमालेसँग अदालत जानुबाहेक अर्को विकल्प नभएको बताएका थिए ।

प्रदेशसभाकी सभामुखले सभा छलेर हिँडेपछि र अध्यक्ष मण्डलमा रहेका एमाले र राप्रपाका जेष्ठ सदस्य बैठकमा नआएपछि सोमबार मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठक अध्यक्ष मण्डलमा रहेका कांग्रेस सांसद इस्राइल मन्सुरीले सञ्चालन गरेका थिए ।

मन्सुरीले विश्वासको मत लिने बैठक सञ्चालन गरेर मतदानको प्रक्रिया अन्तिम चरणमा पुगेका बेला अध्यक्षको आसनमा अध्यक्ष मण्डलमा रहेकी गिता तिम्सिनालाई बोलाएर आफूले मतदान गरेका थिए ।

मन्सुरी समेतको मतको आधारमा मुख्यमन्त्री थापाले ४७ मत प्राप्त गरि प्रदेशसभामा विश्वसको मत पाएका थिए भने विपक्षमा ३० मत परेको थियो । सभाध्यक्षको मतदानबाट विश्वासको मत पाएको भन्दै त्यसविरुद्ध एमाले अदालत जान लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप