आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिटिजन्स लाइफ इन्स्योरेन्सले पनि प्रिमियम मूल्यमा आईपीओ ल्याउने, एक कित्ताको कति पर्छ मूल्य ?

बुधबार, ०६ भदौ २०८०, १२ : ०५
बुधबार, ०६ भदौ २०८०

काठमाडौँ । सिटिजन्स लाइफ इन्स्योरेन्सले पनि प्रिमियम मूल्यमा प्राथमिक सेयर (आईपीओ) ल्याउने भएको छ । कम्पनीले भदौ १५ गते देखि सर्वसाधारणका लागि आफ्नो जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको हो । 

कम्पनीले प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ दरमा १ करोड १२ लाख ५० हजार कित्ता आइपीओ सर्वसाधारणलाई निष्कासन गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन भइसकेको छ ।

यस्तै, समान ५-५ प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५०० कित्ता सेयर कर्मचारी र सामूहिक लगानी कोषका लागि सुरक्षित गरेर बाँकी रहेको ९० लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गरिने कम्पनीले जनाएको छ । 

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम् १५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । १५ गतेदेखि जारी हुने कम्पनीको आईपीओमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप