आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एकीकृत समाजवादी केन्द्रीय समिति बैठक

माधव नेपालको प्रतिवेदनमाथि ३० नेताले राखे धारणा, प्रत्येकलाई ५ मिनेटको समय

बुधबार, ०६ भदौ २०८०, १२ : ०९
बुधबार, ०६ भदौ २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित रहेर सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । बैठकमा धारणा राख्न एक जना सदस्यलाई पाँच मिनेटको समय छुट्टाइएको छ ।

बैठकको दोस्रो दिन बुधवार ११ बजेसम्म ३० जना नेताहरूले धारणा राखिसकेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।  बुधवार बिहान ८ बजेबाट सुरु भएको बैठकमा घनप्रसाद गौतम, ठगेन्द्रप्रकाश पुरी, अमृत तिम्सिना, बालगोपाल थापा, जुद्धबिलास भण्डारी, टिकाराम शर्मा, अमरनाथ शर्मा, नरेन्द्र, दिर्घ सोडारी, शेरबहादुर कुँवर, झम्क कँडेल लगायतले बोलिसकेका छन् ।

त्यसैगरी पूर्णा जोशी, लालबहादुर थापा, धर्म पौडेल, पासाङ शेर्पा, धनराज आचार्य, शान्ता पाख्रिन सोम सापकोटा, हस्त शाही, शिवराग बिस,बिदुर बिसु, विष्णु लम्साल, केदार बिसुन, केदार सन्जेल बिसुन्क, मुनु सिग्देल राजकुमार बिसुन्ख, मोहन गौतम, पुष्प पोखरेल, पार्वती बिसुन्खे, लक्ष्मण कुँवर र सत्यनारायण यादवले अध्यक्षको प्रतिवेदनमाथि आफ्नो धारणा राखेका छन् । एकीकृत समाजवादीमा झन्डै ४सय जना केन्द्रीय सदस्य रहेका छन् । केन्द्रीय सदस्यले बोल्ने क्रम सकिएपछि अध्यक्षले जवाफ दिएर बैठक बिहीबार सक्ने तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप