आजबाट संसद खुल्छ : पदम गिरी
बुधबार, ०६ भदौ २०८०, १४ : १४
काठमाडौँ । सुन तस्करीको छानविन गर्न आयोग बनाउने सहमति भएपछि बुधबारबाट संसद खुल्ने भएको छ । बुधबार सिहंदरवारमा राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठकले सुन तस्करीबारे २ बुँदे सहमति गरेसँगै संसद समेत खुलाउने निर्णय भएको एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।
‘अब आजबाट संसद खुल्छ’, उनले भने, ‘तस्करीको सुन छानबिनबारे आयोग बनाउन हामीले धेरै ठुलो मेहनत गर्नुपर्यो ।’ दलहरुबीच आगामी असोज ५ गते उच्चस्तरीय आयोग गठन गर्ने र सोही दिनबाट आयोगले काम थाल्ने गरी सहमति भएको हो ।