आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चन्द्रयान–३ अवतरण गर्नुअघि इसरोद्वारा कमान्ड सेन्टरको तस्बिर सार्वजनिक

बुधबार, ०६ भदौ २०८०, १४ : २१
बुधबार, ०६ भदौ २०८०

चन्द्रयान–३ ले बुधवार चन्द्रमाको दक्षिणी ध्रुवमा सफ्ट ल्यान्डिङ गर्ने प्रयास गर्नेछ । यसअघि इसरोले तस्बिरहरू साझा गर्दै तयारी पूरा भएको बताएको थियो ।

इसरोले सोसल मिडिया प्लेटफर्म एक्स (ट्विटर) मा लेख्यो, ‘स्वचालित ल्यान्डिङ सिक्वेन्स (एएलएस) सुरु गर्ने तयारी पूरा भइसकेको छ । लगभग ०५ः४४ बजे ल्यान्डर मोड्युल (एलएम) तोकिएको स्थानमा पुग्ने प्रतीक्षा छ ।’

‘एएलएस कमान्ड पाएपछि एलएम ल्यान्डिङका लागि थ्राटलेबल इन्जिनलाई सक्रिय गर्नेछ । मिसन अपरेसन टोलीले आदेशहरू सही क्रममा प्राप्त भइरहेको छ भनी प्रमाणित गर्न जारी राख्नेछ ।’

‘यसको प्रत्यक्ष प्रसारण ५.२० मा सुरु हुनेछ ।’

विक्रम ल्यान्डर चन्द्रमाको दक्षिणी ध्रुवमा सफ्ट ल्यान्डिङमा सफल भयो भने भारत त्यसो गर्ने पहिलो देश बन्नेछ । साथै अमेरिका, चीन र सोभियत संघपछि भारत चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ गर्ने चौथो देश बन्नेछ ।

यसको इसरोको वेबसाइट, युट्युब च्यानल र डिडी नेशनलमा ५.२० बजे प्रत्यक्ष प्रसारण हुनेछ । भारतीय समयानुसार साँझ ६.०४ बजे, विक्रम ल्यान्डरले प्रज्ञान रोभरसँग चन्द्रमाको दक्षिणी ध्रुवमा सफ्ट ल्यान्डिङको प्रयास गर्नेछ ।

चन्द्रयान–२ असफल भएपछि १४ जुलाईमा चन्द्रयान–३ मिसन प्रक्षेपण गरिएको थियो । ५ अगस्टमा चन्द्रयान–३ चन्द्रमाको कक्षमा प्रवेश गरेको थियो ।

विशेष गरी रुसी मुन मिसन लुना–२५ आइतबार असफल भएपछि चन्द्रयान–३ को बारेमा कौतुहलता झनै बढेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप