आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नयाँ विधानअनुरुप संगठनहरु गठन, पुनर्गठन र रुपान्तरण गर्ने तयारीमा जसपा

बुधबार, ०६ भदौ २०८०, १५ : २०
बुधबार, ०६ भदौ २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले नयाँ विधानअनुरुप आफ्ना संगठनहरुलाई गठन, पुनर्गठन र रुपान्तरण गर्ने तयारी गरेको छ ।

 जसअनुसार पार्टीले भाद्र मसान्तभित्रै नयाँ विधानअनुरुप प्रदेश समिति र राष्ट्रिय समितिहरूको आवश्यकतानुसार गठन पुनर्गठन गर्ने जनाएको छ । 

त्यस्तै जिल्ला तथा विशेष जिल्ला समन्वय समितिहरुलाई पनि यथासिघ्र विधानबमोजिम जिल्ला समितिमा रूपान्तरण वा पुनर्गठन गरिने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । सो अनुसार आन्तरिक परिपत्र जारी गरिएको उनको भनाइ छ । 

त्यस्तै पार्टीले संगठनको अभिलेख अद्यावधिक गर्न लागेको छ । पार्टीले आगामी कार्तिक मसान्तभित्र नामावलीसहितको सांगठनिक विवरण पठाउन पार्टी संगठन र समितिहरुलाई निर्देश गरिएको छ ।
 सदस्यता अद्यावधिक गर्दा तोकिएको सदस्यता शुल्क बुझाएको हुनुपर्ने बस्नेतको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप